२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

हिमाल आरोहणका क्रममा २ जापानी नागरिक सम्पर्कविहीन

 

काठमाडौं कार्तिक ५ : मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन् । 

काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए। उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।  

उक्त हिमालको उचाई ७४५५ मिटर रहेको छ। आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएका हुन्। बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरुको खोजी गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको छ। तर उनीहरू भने फेला परेका छैनन्। प्रहरीले बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ। 

जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख कोपिला चुडालले सम्पर्कविहीन भएका जापानी आरोहीको खोजी कार्य गरेपनि अहिलेसम्म केही पत्ता नलागेको बताइन् । उनले लालबिहानी संग भनिन्,‘हेलिकोप्टरबाट समेत खोजी गर्‍यौं। तर अहिलेसम्म बेपत्ता भएकाहरूलाई भेटाएका छैनौं ।’ 

अहिले नेपालस्थित जापानी राजदूतावास, कस्मो कम्पनी र प्रहरी खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।