२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मङ्सिर ५ गतेसम्म

 

काठमाडौं कार्तिक ५ :  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

दसैँ र तिहारको बिचमा आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुन लागेको यस प्रतियोगिता सुरु हुन अब केही दिन मात्र बाँकी छ । यसैबिच मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका कामहरू लगभग सम्पन्न भइसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस पटक विगतका कमजोरीहरू सच्याउँदै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनाहरूका लागि सहज वातावरण बनाउन विशेष जोड दिएको छ । साथै यस पटकको संस्करणमा पहिलो पटक अत्याधुनिक ‘डिसिजन रिभ्यू सिस्टम’ (डीआरएस) समेत प्रयोग गरिँदै छ । गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो । यस पटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ । साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।