२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

साउदीमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

काठमाडौं कार्तिक ५ : साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।

घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् ।बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो । त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको थियो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो ।

मन्त्रालयले ड्रोन कसले प्रक्षेपण गरेको भन्नेबारे भने खुलाएको छैन । तर पछिल्लो समय हुथी विद्रोहीहरुले यमनबाट साउदी अरबमा आक्रमण गर्दै आएका छन् ।

पछिल्लो घटना साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै हिस्सा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।