२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

वीरगन्ज कारागारबाट कैदी फरार

 

काठमाण्डौ,कार्तिक २६ : वीरगन्ज कारागारबाट एकजना कैदी फरार भएका छन् । जबरजस्ती करणी कसुरमा विगत ११ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ घर भएका सुनिल साह बिहीबार बिहान कारागारबाट भागेका हुन् । 

शुक्रबार बिहान कारागारभित्र सरसफाइको काम चलिरहेका बेला साह कारागारको पर्खालबाट हाफ फालेर फरार भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले लालबिहानीलाई जानकारी दिए । 

फरार भएका कैदी खोजीका लागि प्रहरी परिचालन भइसकेको मल्लले बताए । तालिमप्राप्त कुकुरको मद्दतमा प्रहरीको टोलीले शंकास्पद स्थानमा पुगेर खोजी गरिरहेको जानकारी उनले दिए ।  

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।