२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

सजाय कटाएर पूर्वउपप्रधानमन्त्री रायमाझी कारागारबाट मुक्त

 

काठमाण्डौ,कार्तिक २६ : नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय कटाएर पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

रायमाझीलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा, संगठित अपराध, राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको थियो। ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा सामान्यतया २५ प्रतिशतसम्म कैद छुट दिने व्यवस्था प्रचलनमा छ।

रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो । तिहारअघि नै संशोधित कैदीपुर्जी प्राप्त भएको र सोही आधारमा रायमाझीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ ।

तिहारअघि नै रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो। कारागारबाट मुक्त भएपछि आज उनलाई परिवारले घरमा स्वागत गरेका छन्।

 
 
whatsapp sharing button
viber sharing button
sharethis sharing button
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।