काठमाण्डौ,कार्तिक २६: लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा समेटिएको हो ।
कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २२ बल खेल्दै २ चौका र १ छक्का मदतमा २४ रन जोडे । पवन सर्राफले २४ रन खेल्दै जम्मा १२ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।
![]()
बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नया कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर आउट भए ।












