काठमाण्डौ,कार्तिक २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले लालबिहानी लाई बताए ।
उनका अनुसार प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ । बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आकलन गरिएको छ । सेतो हेरोइन प्रतिग्राम ४० हजारको दरले कारोबार हुने अनुसन्धान अधिकृतहरू बताउँछन् ।
उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको एसएसपी बोहराले जानकारी दिए । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ । सेतो हेरोइन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।












