२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

दार्चुलाको लेकम गाउँपालिकाको २ नम्बर वडामा तालाबन्दी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। स्थापना कालदेखिको खर्च विवरण सार्वजनिक गरीर्नुपर्ने लगायतका विभिन्न १० बुँदे मागहरू राख्दै असन्तुष्ट बनेका स्थानीयले शनिवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्मको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरणको विवरण सार्वजनिक गर्नुपर्ने, सम्पूर्ण योजनाको पारदर्शिता हुनुपर्ने, चमेलिया लिप्टीङ खानेपानी आयोजनाको दुई वर्षसम्म समिति गठन हुन नसक्नुको कारण खुलाउनु पर्ने, चमेलियाको डिपिआर नगरेरै बजेट भुक्तानी हुनुको कारण स्पष्ट पार्नुपर्ने लगायत मागहरू राखिएका छन्।
 

गत असार २१ गते विभिन्न मागहरू राखेर २४ गतेसम्म माग सम्बोधन गर्न विज्ञप्ति पत्र दिए पनि २४ गतेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै पहिरो पटक तालाबन्दी गरिएको थियो।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।