२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

 

काठमाडौं : फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले बेल्जियमलाई २-१ले पराजित गरेको हो ।

खेलको ३०औं मिनेटमा स्पेनले बेल्जियम विरुद्ध अग्रता बनाएको थियो । ३० औं मिनेटमा डानी अल्मोको पहिलो प्रहार गोलकिपरले पन्च गरे तर रिबाउन्ड भएको बलमा फाबियन रुइजले गोल गरेका हुन् । 

खेलको ४१औं मिनेटमा बेल्जियमले स्पेनविरुद्ध बराबरी गोल फर्कायो। बेल्जियमको लागि चार्ल्स डी केटेलेरेले हेडर मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । 

खेलको पहिलो हाफ एकएक बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवाती समयदेखि नै स्पेनले दबाब बनाएको थियो । खेलको ८८ औं मिनेटमा स्पेनले बेल्जियम विरुद्ध दोस्रो गोल गर्यो । स्पेनको लागि मिकेल मेरिनोले गोल गरेका हुन् । यो गोल नै निर्णायक बन्यो ।

सन् २०१० को विश्वकप विजेता स्पेन त्यसयता सेमीफाइनल मा स्थान बनाउन सकेको थिएन । सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेनले सन् २०१८ र २०२२ मा अन्तिम १६ सम्म स्थान बनाएको थियो । 

स्पेनसँग पराजित हुँदै बेल्जियमको यात्रा भने क्वाटर फाइनलबाटै सकिएको छ। सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको बेल्जियमले सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । सन् २०२२ मा भने बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो । 

स्पेनले सेमीफाइनलमा फ्रान्ससँग खेल्नेछ। यो खेल जुलाई १४ मा डालस स्टेडियम हुनेछ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।