२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

फिलिपिन्समा भीषण आँधीका कारण १५ जनाको मृत्यु

 

काठमाडौँ : दक्षिणी फिलिपिन्समा विगत केही दशकयताकै सबैभन्दा शक्तिशाली आँधीका कारण  १५ जनाको मृत्यु भएको छ । यस भीषण आँधीको जोखिमलाई मध्यनजर गर्दै पूर्वी एसियाका कैयौँ देशहरूले उच्च सतर्कता अपनाएका छन् ।

प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको यो आँधी करिब १,००० किलोमिटर (६२० माइल) क्षेत्रमा फैलिएको छ । यसको आकार युरोपेली मुलुक फ्रान्स जत्रो रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस आँधीका कारण ताइवानको उत्तरी र पूर्वी भूभागका साथै जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना छ । यो आँधी शनिबार दक्षिण-पूर्वी चीनको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ ।

आँधीको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न हवाई उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूको पठनपाठन समेत स्थगित गरिएको छ। सम्भावित संकटलाई हेरेर सर्वसाधारणहरूले दैनिक उपभोग्य सामग्री र खाद्यान्न भण्डारण गर्न थालेपछि स्थानीय सुपरमार्केटका सेल्फहरू रित्तिएका छन् ।

यसैबीच, फिलिपिन्सको मिन्डानाओ टापुमा अत्यधिक वर्षाका कारण कयौँ परिवार पहिरोको चपेटामा परेका छन्। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीहरू अझै पनि निरन्तर परिचालित  छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।