२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

बुद्धनगरमा एक पुरूषले लगाए आफैमाथि आगो, पुर्‍याइयो वीर अस्पताल

काठमाडौं  : काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौं–१० बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनले शनिबार विहान ६ बजेतिर भान्सा कोठामा आफ्नो शरीरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

यसअघि बिहीबार मात्रै काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । यसै गरी शुक्रबार नै सर्लाहीका विवेक मण्डलले आत्मदाहको प्रयास गरेका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि हिजै काठमाडौँ ल्याइएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।