२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

बागबजारमा युवतीको हत्या: पूर्वसैनिक पन्त पक्राउ

काठमाडौं, ३१ वैशाख — काठमाडौंको बागबजारमा एक विवाहित युवतीको हत्या भएको घटनामा प्रहरीले पूर्वसैनिक रामचन्द्र पन्तलाई पक्राउ गरेको छ। पन्त धादिङका स्थायी बासिन्दा हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, घटनाको मिति गत चैत ११ गते भए पनि पन्तलाई मंगलबार मात्र पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धानमा खुल्न आएको विवरणअनुसार, पन्त मृतक युवतीबीच फेसबुकमार्फत चिनजान भएको थियो। उनीहरू करिब ५–महिनादेखि प्रेम सम्बन्धमा थिए। दुवैजनाको पहिलो वैवाहिक सम्बन्ध टुटेको पछिल्लो समय एकल जीवन बिताइरहेका थिए। परिवारका सदस्यहरूले समयमै खोजी नगरेका कारण शव सड्ने अवस्थामा पुगेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। घटनाको थप अनुसन्धान जारी रहेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।