२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

जेठ महिनामा व्यक्तिगत मुद्दती ब्याजदरमा सामान्य परिवर्तन, केही बैंकले वृद्धि गरे, केहीले घटाए

३१ वैशाख, काठमाडौं। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन्। सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन्। तीन बैंक, नेपाल, एभरेस्ट सानिमा, ले वैशाखको तुलनामा जेठमा सामान्य वृद्धि गरेका छन्। तीन बैंकहरू, नेपाल इन्भेस्टमेन्ट, मेगा, कुमारी सिद्धार्थ, ले सामान्य घटाएका छन्। समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ। वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ।

अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका छन्। केही बैंकलाई पूँजी कोषको दबाव भने केहीलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दबाव छ। केही बैंकमा कर्जाको माग बढेको भने केहीमा माग नै छैन। यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका छन्। लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर छोटो अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा पनि ऋणीलाई राहत मिल्न सक्छ।

कर्जाको माग न्यून रहनु पूँजीगत खर्चको ‘सिजन’ रहेका कारण ब्याजदर तत्काल बढ्ने अवस्था नरहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताए। राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ। बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्छन्। जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।