२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

देशका विभिन्न प्रदेशहरूमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

 काठमाडौँ, ६ असार — मौसम पूर्वानुमान विभागले आगामी दिनहरूमा देशका विभिन्न प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। विभागका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना उच्च छ। पहाडका केही भूभागसँगै देशका अन्य भागहरूमा हल्का देखि मध्यम वर्षा र चट्याङ समेत पर्न सक्ने सम्भावना विभागले जनाएको छ। राति समयमा कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। 

भोलि शनिबार दिउँसो कोशी, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने शनिबार राति लुम्बिनी प्रदेशसहित तीनवटा प्रदेशका विभिन्न क्षेत्रहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यो भारी वर्षाले नदी किनाराका बस्तीहरूमा बाढीको जोखिम, पहाडी क्षेत्रमा पहिरो खस्ने सम्भावना बढ्ने भएकाले सम्बन्धित स्थानीय प्रशासन र जनता सतर्क रहन आवश्यक रहेको विभागले बताएको छ। मौसम विभागले सबै तहका सरोकारवालालाई आवश्यक तयारी अपनाउन र जोखिम प्रभावित क्षेत्रहरूमा तत्काल सुरक्षा व्यवस्था गर्न आह्वान गरेको छ।

साथै, सामान्य जनताहरूलाई पनि अनावश्यक जोखिममा नपर्ने र आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ। विशेष गरी बर्षा सक्रिय रहँदा नदी किनार, खोलानाला, पहाड क्षेत्रमा बसोबास गर्नेहरूलाई जोखिमलाई मध्यनजर गर्दै सुरक्षित ठाउँमा स्थानान्तरणको तयारी गर्नु आवश्यक रहेको मौसम विभागले जोड दिएको छ। देशभर फैलिरहेको बर्षाले जनजीवनमा असहजता निम्त्याउनसक्ने हुँदा, आगामी दिनहरूमा थप सतर्कता, पूर्वतयारी र सहयोगात्मक कदम चाल्न आवश्यक रहेको विशेषज्ञहरूले बताएका छन्। मौसम पूर्वानुमान विभागले यस विषयमा लगातार अपडेट दिने र जोखिम न्यूनीकरणमा सबैको सक्रियता आवश्यक पर्ने बताएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।