५ वैशाख काठमाण्डौ । श्री जनश्रम कृषि सहकारी संस्था लिमिटेड शिवराज – ९ कपिलवस्तुले विशेष साधारण सभा गर्ने भएको छ । संस्थाको नियमित काम कार्वाहीमा कानुनी तथा व्यवहारिक जतिलताहरू उत्पन्न भएका कारण देखाउँदै सुचना मार्फत सेयर सदस्य ज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ । पत्रको पुर्णपाठ :-
विशेष साधारण सभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।
यश जनश्रम कृषि सहकारी संस्था लिमिटेड शिवराज – ९ कपिलवस्तुको केही समय देखि संस्थाको नियमित काम कार्वाहीमा कानुनी तथा व्यवहारिक जतिलताहरू उत्पन्न भएको कारण संस्थालाई नियमित प्रकृयामा सहजतापुर्वक सञ्चालन गर्नुको निम्ति नीतिगत निर्णहरू गर्नको लागि विशेष साधारण सभा गर्नुपर्ने अनिवार्यता भएको छ । यहि मिति २०८३ साल वैशाख ११ गते यश सहकारी संस्थाको केन्द्रीय कार्यालय शिवराज – ९, कपिलवस्तुमा विशेष साधारण सभा गर्नुपर्ने भएको हुँदा यश सहकारी संस्थाको सम्पुर्ण सेयर सदस्य ज्यू हरूमा अनिवार्य उपस्थिति भईदिन हुँनको लागि हार्दिक अनुरोध गर्दछौ ।
सेर वहादुर सारू
सचिव









