२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

११ महिनामा देशले साढे १६ खर्ब मूल्य बराबरको वस्तु आयात, साढे २ खर्ब मूल्य बराबरको निर्यात गरेको तथ्यांक सार्वजनिक

 काठमाडौँ, ६ असार — चालु आर्थिक वर्षको ११ महिनामा नेपालले कुल १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले वृद्धि हो। गत आर्थिक वर्षको ११ महिनामा देशले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो। त्यस्तै, भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत आर्थिक वर्षको १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको निर्यातभन्दा ७७.७७ प्रतिशतले बढी हो।

सबैभन्दा धेरै आयात हुने वस्तुहरूमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने ग्यास प्रमुख छन्। ११ महिनामा मात्र डिजेलको आयात १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँ पुगेको छ। कच्चा भटमासको तेलको आयात ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोल ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँ र खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

निर्यातमा प्रशोधित भटमासको तेल, सनफ्लावरको बिउ र तेल, गलैंचा, अलैंची प्रमुख रहेका छन्। निर्यात गरिएको प्रशोधित भटमासको तेलको मूल्य ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ, सनफ्लावरको बिउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ, गलैंचा ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ र अलैंची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। यस तथ्याङ्कले देशको निर्यातमा उल्लेख्य वृद्धि देखाए पनि आयातभन्दा निर्यात निकै कम रहेको देखाउँछ, जसले व्यापार घाटा अझै बढेको संकेत गर्दछ। सरकार र सम्बन्धित निकायहरूले निर्यात प्रवर्द्धन र आयात नियन्त्रणका लागि रणनीति बनाउने आवश्यकता औंल्याएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।