२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

सिंहदरबारमा शिक्षा समिति बैठक सुरु, एसईई राख्ने वा हटाउने विषयमा छलफल

१४ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। समितिको कार्यकक्षमा बसेको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकको मुख्य एजेण्डामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को भविष्यबारे गहन छलफल भइरहेको छ। समितिका सदस्यहरूबीच एसईईलाई यथावत् राख्ने कि हटाउने भन्ने विषयमा फरक धारणा व्यक्त भएका छन्।

बैठकमा उपस्थित सदस्यहरूले एसईई हटाउने उपसमितिको सिफारिसशिक्षा मन्त्रालयको प्रदेशमार्फत सञ्चालन गर्ने प्रस्ताव दुवैबारे बहस अघि बढाएका छन्।

शिक्षामन्त्री रघुजी पन्तले शनिबारको अघिल्लो बैठकमा एसईईलाई पूर्णरूपमा हटाउनुभन्दा गुणस्तर मापन र सीटीईभीटी प्रवेश प्रक्रिया जोगाउन प्रदेशबाट सञ्चालन गर्नुपर्ने तर्क गरेका थिए। समितिले उपसमितिको प्रतिवेदनमाथि विस्तृत छलफल गरिसकेपछि विद्यालय शिक्षा विधेयकलाई प्रतिनिधिसभामा पेस गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ।

त्यसअन्तर्गत पछिल्ला केही दिनदेखि लगातार बैठकहरू बसिरहेको छ। विद्यालय शिक्षा विधेयक मुलुकको शिक्षानीति रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको प्रस्ताव हो। यस विधेयकमा एसईई हटाउने, आधारभूत र माध्यमिक तहको संरचना परिमार्जन गर्ने, शिक्षक व्यवस्थापन सुधार गर्ने जस्ता प्रावधान समावेश छन्। बैठकमा छलफल अझै जारी रहेको र निकट भविष्यमै समितिको साझा निष्कर्षसहित विधेयक संसदमा पेश गरिने तयारी रहेको सचिवालय स्रोतले जनाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।