२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

चितवनमा गोहीको आक्रमणबाट माझी युवकको मृत्यु

चितवन, २० असार — चितवन जिल्लाको रत्ननगर नगरपालिका–८ निवासी एक युवकको गोहीको आक्रमणबाट ज्यान गएको छ। मृत्यु हुनेमा २६/२७ वर्षीय अभिषेक माझी रहेका छन्। उनी बिहीबार राति सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा माछा मार्न गएका थिए। अभिषेकसँगै सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी पनि माछा मार्न गएका थिए। प्रहरीका अनुसार राति करिब १ बजेर २० मिनेटको समयमा माछा मार्ने क्रममा गोहीले अभिषेकलाई खोलामा तानेर लगेका थिए।

घटना भएको केही समयपछि घटनास्थलभन्दा झन्डै २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। स्थानीय माझी समुदाय जोखिम मोलेर रातिमा पनि माछा मार्ने काममा संलग्न हुँदै आएका छन्। तर यसरी जंगली जनावरको आक्रमणबाट हुने दुर्घटनाले उनीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने स्थानीय प्रशासनले यस क्षेत्रका जोखिमयुक्त स्थानहरूमा सचेतना अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।