२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, बाढी र पहिरोको उच्च जोखिम

काठमाडौं, २० असार — जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा आज भारी वर्षा हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसका कारण अधिकांश प्रदेशहरूमा आंशिकदेखि पूर्ण बदली रहेको र थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको उल्लेख गरिएको छ। मौसम पूर्वानुमान अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, ती क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको बताइएको छ। तर मधेश प्रदेशमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै सम्भावित जोखिमप्रति सचेत गराएको छ। विशेष गरी भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव जस्ता प्राकृतिक प्रकोपको सम्भावना उच्च रहेको उल्लेख गरिएको छ। साथै, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहन सक्ने, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह तीव्र गतिमा बढ्न सक्ने, साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, निर्माण कार्य, यातायात (सडक तथा हवाई) लगायतका क्षेत्रमा असर पुग्न सक्ने चेतावनी दिइएको छ। महाशाखाले सबै सर्वसाधारण, स्थानीय तह, निर्माण कम्पनी, उद्धार निकाय, सञ्चार माध्यम र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन, जोखिम क्षेत्रमा आवतजावत न्यून गर्न, पूर्वतयारीमा जुट्न र मौसमबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।