बुटवल, असार २१ — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झरही खोलामा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो महेशपुर–भुजहवा भित्री सडकखण्डको एक मोडमा लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिँदा लु ४७ प ४८७९ नम्बरको मोटरसाइकलमा सवार दुई युवक गम्भीर घाइते भएका थिए। उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। मृतकहरूमा: २१ वर्षीय भोला राजभर, स्थायी ठेगाना: प्रतापपुर गाउँपालिका–४, पाचपेडा, १८ वर्षीय राहुल राजभर, स्थायी ठेगाना: रामग्राम नगरपालिका–१५– डिगौल रहेका छन्।
प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्न खोज्दा बसले ठक्कर दिएको हो। दुर्घटनापछि बस चालक ३१ वर्षीय सद्दाम अली अन्सारी, स्थायी ठेगाना रामग्राम, इमिलीटोललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ। दुई युवाको असामयिक निधनसँगै स्थानीय क्षेत्र शोकमा डुबेको छ। यस्ता दुर्घटनाले सडक सुरक्षामा अझ बढी सतर्कता अपनाउनु पर्ने आवश्यकता देखाएको छ।








