२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

डिभिजन वन अधिकृतमाथि कार्यकक्षमै आक्रमण, मास्क लगाएको समूह फरार

जाजरकोट, २३ असार – डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद साहमाथि कार्यालयमै कुटपिट भएको छ। आइतबार दिउँसो करिब ४ बजेको समयमा एक अज्ञात समूहले कार्यकक्षमा प्रवेश गरी डिभिजनल वन अधिकृत (DFO) साहमाथि हातपात गरेको हो। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार, कालो मास्क लगाएका ३–४ जनाको समूह कार्यालयमा पसेर अचानक साहमाथि आक्रमण गरेको थियो। आक्रमणपछि उनीहरू फरार भएका छन्।

“डिभिजनल वन अधिकृतमाथि हातपात भएको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको छ। आक्रमणकारीहरूको खोजी तीव्र पारिएको छ,” डाँगीले जानकारी दिए। उनका अनुसार सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ। घटनाको यकिन कारण भने हालसम्म खुल्न सकेको छैन। यद्यपि, आक्रमणकारीहरूले साहलाई ‘भ्रष्टाचारी’ भन्दै दुर्व्यवहार गरेको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ। केही समयअघि साहले कार्यकक्षभित्र मदिरासहितको पार्टी गरेको विषय बाहिरिएको थियो, जसले विवाद सिर्जना गरेको थियो। प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान खुलाउने प्रयास जारी रहेको जनाएको छ। डिएफओ साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।