२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

२१ दिनदेखि रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनशन जारी

काठमाडौं, २३ असार – सुनचाँदी व्यवसायीहरूले सरकारको कर नीतिविरुद्ध २१ दिनदेखि काठमाडौंको रत्नपार्कमा रिले अनशन जारी राखेका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीमा लगाइएको कर खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेको हो। व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरिरहेका छन्। उनीहरूको भनाइमा सरकारले प्रस्ताव गरेको कर व्यवस्थाले व्यवसाय धरासायी हुनुका साथै उपभोक्ता र कालीगढ समुदाय पनि प्रत्यक्ष प्रभावित हुनेछन्।

संघर्ष समितिले सुनलाई नगद सरह सम्पत्तिको रूपमा व्यवस्थापन गर्नुपर्ने, हिरा र जडित पत्थरमा लगाइएको भ्याट हटाउनुपर्ने, तथा कोटा प्रणाली अन्त्य गरी २५, ५० र १०० ग्रामका सुनका टुक्राहरू प्यान नम्बर र कर चुक्ता प्रमाणका आधारमा सहज रूपमा खरिद गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको छ। साथै, समितिले उपभोक्ता, व्यवसायी, कर्मचारी र कालीगढमैत्री कानुन निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। आन्दोलनकारीहरूले माग सम्बोधन नभए थप कडा आन्दोलनमा जानुपर्ने चेतावनी दिएका छन्। सरकार पक्षबाट भने अहिलेसम्म वार्ता प्रक्रिया प्रारम्भ गरिएको छैन।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।