२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

किराना पसलको आडमा डेढ अर्ब बढीको गैरकानुनी क्रिप्टो कारोबार, दुई भारतीय नागरिक पक्राउ

 २४ असार २०८२, काठमाडौं । नेपालमा किराना पसलको आडमा करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुल क्षेत्रमा सञ्चालित ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलमा गैरकानुनी हुण्डी तथा क्रिप्टो कारोबार भइरहेको सूचनाको आधारमा उनीहरूलाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारी निवासी ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण जिल्लाको बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार रहेका छन्।

सीआईबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १० हजार तथा एक थान सीसीटीभी डिभिआर बरामद गरिएको छ। यससँगै संरक्षित वन्यजन्तु कस्तुरी (मस्क डीयर) को विना अनुमति हतियार तथा शिकार सामग्री समेत बरामद भएको छ, जसमा थप अनुसन्धान भइरहेको छ। सीआईबीले उक्त गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित थप व्यक्तिहरूको पहिचान र कस्तो नेटवर्कले कारोबार गर्दै आएको हो भन्ने विषयमा अनुसन्धान जारी राखेको छ। नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कानुनी व्यवस्था स्पष्ट नभएकाले यस्ता गैरकानुनी कारोबार बढ्ने जोखिम रहेकोले सम्बन्धित निकायहरूलाई सचेत रहनुपर्ने आवश्यक छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।