२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

डब्लूटीओ प्रतिनिधि र उद्योगमन्त्री भण्डारीबीच शिष्टाचार भेटवार्ता

२४ असार २०८२, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लूटीओ) का प्रतिनिधि मासिहिरो हायाफुजीबीच मंगलबार काठमाडौंमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी विषयमा गहन छलफल भएको बताइएको छ। दुई पक्षले नेपालको व्यापार नीतिमा निरन्तर सुधार ल्याउने, निर्यात प्रवर्द्धन गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने र डब्लूटीओसँगको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा चर्चा गरेका हुन्। 

विशेष रूपमा नेपालको व्यापार प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने उपायहरूमा केन्द्रित छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ। मन्त्री भण्डारीले मुलुकको व्यापार नीति अझ प्रभावकारी बनाउन, विदेशी लगानी आकर्षित गर्न, युवा उद्यमशीलता प्रवर्द्धन गर्न र वस्तु तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उद्योग मन्त्रालय र डब्लूटीओबीच भएको यो भेटवार्ताले आगामी दिनमा नेपालको व्यापार विस्तार र अन्तर्राष्ट्रिय स्तरमा समावेशीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।