२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

भोटेकोशी बाढीमा थप दुई जना बेपत्ता, संख्या २० पुग्यो

२४ असार २०८२, काठमाडौं । रसुवाको गोसाइकुण्ड नगरपालिका–२ स्थित रसुवागढीमा आएको भोटेकोशी नदीको बाढीमा थप दुई जना बेपत्ता भएका छन्। यससँगै सम्पूर्ण बेपत्ता संख्या २० पुगेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेहरू गोरखाको पालुङटार नगरपालिका–६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन्। दुबै व्यक्ति रसुवागढीको भन्सार यार्डमा कार्यरत डिब्बा गाडीका चालक हुन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि दुई जनाको सम्पर्क विहीन भएको पुष्टि गरेका छन्। उनले भने, “सुरक्षा संयन्त्रबाट उनीहरूको हराएको खबर आएको छ। अहिले उद्धार कार्यमा केन्द्रित छौं, तर कोही फेला परेको भन्ने यकिन छैन।” मंगलबार बिहान ३ बजेतिर आएको भोटेकोशीको बाढीले रसुवागढीस्थित भन्सार यार्डमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण सम्पर्क विहीन भएका छन्। अर्कोतर्फ, बाढीबाट ५५ जनाको उद्धार भइसकेको छ भने ७ जनाको शव फेला परेको छ। प्राधिकरणले उद्धार कार्यलाई तीव्रता दिएको छ र थप जनधनको क्षतिको विवरण सङ्कलन भइरहेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।