२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु, तीन जना घाइते

विराटनगर, असार २५ — झापामा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटना बुधबार दिउँसो करिब ३:४० बजे झापाको बाह्रदशी गाउँपालिका–१, खैरबारीस्थित भित्री सडक खण्डमा भएको हो। बीआर ३७ एजे–६४४० नम्बरको मोटरसाइकल र प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर तीव्र गतिमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको झापा प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो। मोटरसाइकलमा सवार अर्का व्यक्तिको पनि मृत्यु भएको छ, तर घटनाबेला उनीसँग कुनै परिचयपत्र नपाइएकाले उनको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार दुर्घटनामा श्रीप्रसाद राजवंशीसँगै स्कुटरमा सवार उनकी २७ वर्षीया बुहारी शर्मिला राजवंशी र ३ वर्षीय नाति आयुश पनि गम्भीर घाइते भएका छन्। उनीहरूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै सवारी साधन तीव्र गतिमा रहेको र मोडमा ध्यान नपुगेका कारण दुर्घटना भएको हुनसक्ने देखिएको छ। विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो भने प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। सडक सुरक्षासम्बन्धी चेतनाको अभाव, सवारी चालकको लापरवाही र भित्री सडकमा ट्राफिक नियमको उल्लंघनले यस्ता दुर्घटनाहरू दोहोरिरहेको स्थानीयहरूको गुनासो छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।