२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

राप्रपा परित्याग गरेका अजय गुप्ता रुपन्देही–३ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा

बुटवल, २६ असार — हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका अजयकुमार गुप्ताले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। भैरहवामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गुप्ताले विभिन्न राजनीतिक दलहरूले उम्मेदवारीको प्रस्ताव गरे पनि आफैं स्वतन्त्र रूपमा चुनाव लड्ने निर्णय लिएको स्पष्ट पारे। उनले भविष्यमा कुनै दलसँग सहकार्य हुनसक्ने संकेत पनि गरे।

गुप्ता भैरहवाका स्थायी बासिन्दा तथा सफल इँट्टा उद्योगीका रूपमा परिचित छन्। उनका पिता रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्व उपमेयर समेत रहेका थिए। गुप्ताको उम्मेदवारी कायम रहेमा राप्रपालाई प्रभाव पार्ने र मत विभाजनको सम्भावना रहेको राजनीतिक विश्लेषण गरिन्छ। खासगरी स्थानीय तहमा उनको व्यापारीक र सामाजिक पहुँचलाई दृष्टिगत गर्दा उनको उपस्थिति महत्त्वपूर्ण हुने देखिएको छ। 

यसअघि सो निर्वाचन क्षेत्रमा बुटवल मोतिपुरका लेखनाथ गैरे र काठमाडौं उपमहानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरीले पनि उम्मेदवारीको घोषणा गरेका छन्। गुप्ताले यसअघि वैशाखमा राप्रपाको रुपन्देही उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए। यद्यपि, अघिल्लो पटक पार्टी परित्याग गरेपछि पुनः फर्किएका उनी यसपटक निर्णायक रूपमा स्वतन्त्र यात्रामा उत्रिएका छन्।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।