२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

सडक भासिँदा तातोपानी नाका पुनः बन्द, चीन व्यापार पुनः प्रभावित

२६ असार २०८२, सिन्धुपाल्चोक — लगातारको वर्षाका कारण सडक भासिएपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी (इको) क्षेत्रमा सडक भास्सिएपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय कोदारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय, कोदारीका अनुसार यो स्थानमा यो वर्ष मात्र चौथो पटक सडक भास्सिएर नाका बन्द भएको हो। कोदारी राजमार्गको २६ किलोमिटर क्षेत्र भित्र पर्ने इको क्षेत्रमा पहिरोका कारण पुनः अवरोध भएको पुष्टि भएको छ।

चरिकोट सडक डिभिजन कार्यालयसँग समन्वय गर्दै सडक खुलाउने प्रयास तीव्र पारिएको छ। कार्यालय प्रमुख इञ्जिनियर अमित श्रेष्ठका अनुसार, “सडक खुलाउन एक घण्टाभित्र काम सक्ने प्रयासमा छौं। तर लगातार वर्षाले भासिने समस्या कायम रहँदा तातोपानी नाका बारम्बार अवरुद्ध भइरहेको छ।” श्रेष्ठले सडक स्थायीत्वका लागि दीर्घकालीन समाधानको आवश्यकता रहेको पनि औंल्याए। यसअघि पनि यही क्षेत्रमा — खकुण्डोल, कोप्लाङ र इको — मा पहिरो हटाएर सडक खोलिएको थियो। उक्त समयमा दुईवटा एक्स्काभेटर प्रयोग गरिएको थियो। हाल लार्चा क्षेत्रमा बेलिब्रिज समेत जडान गरिएको छ।

नाकामा बाटो अवरुद्ध भएपछि भन्सार प्रक्रियाको लागि चीनबाट आएको दर्जनौँ कन्टेनर अहिले लिपिङ क्षेत्रमा रोकिएका छन्। निर्यात–आयात प्रक्रिया स्थगित हुँदा नेपाली व्यापारीहरूले थप घाटा बेहोर्नुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय व्यापारको हिसाबले संवेदनशील मानिने तातोपानी नाका लगातार पहिरो र सडक भास्सिएर प्रभावित हुँदा सरकारलाई दीर्घकालीन पूर्वाधार योजना आवश्यक भएको विज्ञहरूको भनाइ छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।