२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

महाकाली नदीमा बालुवा निकाल्दै गर्दा युवक बगेर बेपत्ता, खोजी कार्य जारी

दार्चुला, असार २६ — महाकाली नदी किनारबाट बालुवा संकलन गर्ने क्रममा एक युवक बगेर बेपत्ता भएका छन्। घटना बिहीबार साँझ महाकाली नगरपालिका–४ स्थित बाङ्गाबगर क्षेत्रको नदी किनारमा भएको हो। बेपत्ता हुने व्यक्ति दुहु गाउँपालिका–३ बाटमुनी निवासी दिपु लोहार रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले पुष्टि गरेको छ। लोहार बालुवा संकलन गर्ने क्रममा अचानक आएको पानीको बहावमा परी नदीले बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार घटनापछि तुरुन्तै सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य थालिएको छ। तल्लो तटीय क्षेत्रहरूमा पनि खोजी कार्य विस्तार गरिएको बताइएको छ।

स्थानीयवासी र प्रहरीको सहकार्यमा नदी किनार क्षेत्रमा व्यापक रुपमा खोजी भइरहेको छ। घटनास्थलको भौगोलिक बनावट र नदीको तीव्र बहावका कारण खोजीमा चुनौती रहेको जनाइएको छ। महाकाली जस्ता सीमावर्ती तथा तीव्र बहाव भएका नदीहरूमा सावधानीपूर्वक तथा व्यवस्थापित ढंगले बालुवा संकलन नगर्दा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। स्थानीय तह र सम्बन्धित निकायले नदीजन्य पदार्थको उत्खननमा सुरक्षा मापदण्डको पालना र अनुगमनमा कडाइ गर्नुपर्ने आवाज पुनः उठेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।