२०८३ आश्विन ३ शनिबार
Search
२०८३ आश्विन ३ शनिबार

६ महिनापछि बोलाइएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकियो

काठमाडौं, २७ असार — काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनापछि आइतबार बसे पनि यो बैठक एक मिनेटभन्दा बढी नबसी सकिएको छ। बैठकमा मेयर बालेन्द्र शाहले एउटा मात्र प्रस्ताव पेस गरी त्यसलाई सदस्यहरुले स्वीकृत गरेपछि तुरुन्तै बैठक सकिएको हो। बैठक बिहान ९ बजे महानगरपालिकाको कार्यालयमा सुरु भएसँगै मेयर शाहले प्रस्ताव प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा अधिवेशनको मिति तोक्ने सन्दर्भमा २९ असार दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने निर्णय गर्न चाहेको बताए।

कार्यपालिका सदस्यहरुले सो प्रस्ताव तुरुन्त स्वीकार गरेपछि मेयर शाहले अन्य कुनै विषय नभएको भन्दै बैठक समाप्त भएको घोषणा गरे। उक्त बैठकमा २४ वटा एजेन्डा प्रस्ताव थिए भने पनि आजको बैठकमा एउटा मात्रै प्रस्ताव उठाइएको थियो। त्यस्तै, आजै काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ। यो सीमा राजश्व परामर्श समितिको बैठकले तय गरेको हो। सोही अनुरूप आइतबार बजेट सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।