२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा ‘नाइन्टिन ओ सेभेन अरिना’ निर्माण हुँदै

२८ असार, वालिङ (स्याङ्जा) । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरस्थित थाप्लेमा ‘क्रिकेट रङ्गशाला’ निर्माण सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानमा मैदान निर्माणको काम अघि बढाइएको हो। डाँडाको समथर सार्वजनिक गौचरन भूमिमा राष्ट्रियस्तरको खेल मैदान निर्माणको योजना अन्तर्गत काम थालिएको बताइएको छ। “थपले मैदानलाई सम्याउने कार्य भइरहेको छ,” अध्यक्ष तिवारीले भने, “वर्षाका कारण केही समयका लागि काम रोकिएको भए पनि मौसम खुल्नासाथ तीव्र गतिमा अगाडि बढाइनेछ।”

समुद्री सतहदेखि १,९०७ मिटर उचाइमा रहेको यो स्थानमा बन्न लागेको मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ। मैदानको संरचना बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ, जसले राष्ट्रियस्तरको मापदण्ड पूरा गर्ने विश्वास लिइएको छ। क्रिकेट पिचको निर्माण अनुभवसहितको परामर्शमा भइरहेको जनाउँदै अध्यक्ष तिवारीले यस मैदानले सन्दीप लामिछानेको सम्मान मात्र नभई भविष्यमा प्रतिभाशाली खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन्।

मैदान निर्माणस्थलदेखि झन्डै आधा घण्टाको दूरीमा रहेको सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे गाउँका रूपमा परिचित छ। “क्रिकेट र पर्यटनलाई सँगसँगै अघि बढाउने सम्भावना देखिएको छ,” तिवारीले बताए। रङ्गशाला निर्माण सम्पन्न भएपछि राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ। साथै, अभ्यासका लागि छुट्टै संरचना निर्माण गर्ने योजना पनि रहेको गाउँपालिकाले जनाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।