२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

बैतडीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ जना घाइते

२८ असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा सुपप्र ०१००१ ज १३७२ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउका २४ वर्षीय सन्तोषबहादुर राना (जीप चालक) र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। गम्भीर घाइते कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डीएसपी जोराले जानकारी दिए। दुर्घटनामा परेको जीप करिब ७० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि दुर्घटनाको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।