२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२८ असार, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ। त्यसकै प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। अन्य भू–भागका थोरै स्थानहरूमा पनि यस्तै प्रकारको मौसम देखिने अनुमान गरिएको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा जलमग्नताको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।