२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

घुस प्रकरणमा मुछिएका दुई मन्त्रीको बर्खास्ती माग गर्दै विवेकशील साझा

३० असार, काठमाडौं । विवेकशील साझा पार्टीले संघीय सरकारका दुई मन्त्रीमाथि घुस लिएको गम्भीर आरोप सार्वजनिक भइसकेको अवस्थामा पनि उनीहरूलाई पदमुक्त नगरिएको भन्दै ती मन्त्रीहरूको तत्काल बर्खास्तीको माग गरेको छ। पार्टीका प्रवक्ता आशुतोष प्रधानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथिको अडियो प्रमाणले घुस डिल पुष्टि भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै मन्त्रीलाई बर्खास्त गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।

प्रधानले भने, “भ्रष्टाचार जस्तो जघन्य आरोप लागेका मन्त्रीहरू अझै पदमा रहनु सरकारको निष्ठामाथि नै प्रश्न उठाउने अवस्था हो।” पार्टीले मन्त्रीहरूले पदीय लाभको दुरुपयोग गरेको प्रमाणहरू सार्वजनिक भइसकेको तर त्यसअनुरूप कारबाही नहुनु प्रधानमन्त्रीकै नेतृत्वमाथि औंला उठाउने विषय भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा थप उल्लेख छ: “भ्रष्टाचारका दर्जनौं काण्डहरू आजसम्म पनि न्यायिक निष्कर्षमा पुग्न सकेका छैनन्। यस्तो अवस्थामा बहालवाला मन्त्रीहरूकै संलग्नताले सुशासनको पक्षमा देश अझ कमजोर बन्दै गएको स्पष्ट भएको छ।”

विवेकशील साझाले यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि औपचारिक ध्यानाकर्षण गराएको बताएको छ। पार्टीले निष्पक्ष र गहिरो छानबिनसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्ध सदैव स्पष्ट र कठोर भूमिका निर्वाह गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।