२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

सर्लाहीमा जिप र मोटरसाइकल ठोकिँदा पाँच जना घाइते, एकको अवस्था गम्भीर

३० असार, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ र १३ को सिमानामा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक नेपाली सेनाको अवस्था गम्भीर रहेको छ। सोमबार बाँकेस्थित रेल्वे ट्र्याक नजिक भएको दुर्घटनामा प्र. ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको जिप ठोक्किँदा दुबै सवारीसाधनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। मोटरसाइकल पूर्णरूपमा जलेको छ भने जिपको अगाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनामा घाइते हुनेहरूमा मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी, पछाडि सवार २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी रहेका छन्। चालक धामी भगवती दल गण, इटहरी मा कार्यरत नेपाली सेनाका सिपाही हुन्। आगलागीका कारण उनका शरीरको ८५ प्रतिशत भाग जलेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रशेस चौधरी हाल मध्यमपश्चिम पृतना, बुटवल मा कार्यरत छन्। यस्तै, जिप चालक हरिवन नगरपालिका–३ डाबरी टोलका ४० वर्षीय रामएकबाल महतो र यात्रु हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय समेत दुर्घटनामा घाइते भएका छन्। सबै घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र गाडी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।