२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

स्काई वाक टावरमा थपिँदै बन्जी जम्प, जिपलाइन र अन्य साहसिक गतिविधि

४ साउन, काठमाडौं । राजधानीको मुटु कमलादीस्थित स्काई वाक टावरमा अब थप साहसिक गतिविधिहरू सञ्चालनमा ल्याउने तयारी गरिएको छ। टावर सञ्चालन गरिरहेको कम्पनीले बन्जी जम्प, जिपलाइन, रिभर्स बन्जी, फ्रिफल जम्प, स्काई साइक्लिङ लगायतका संरचना थप्न वातावरण मन्त्रालयमा पूरक वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन पेश गरिसकेको छ। ईआईए प्रतिवेदन अनुसार टावरको मुख्य संरचनामा नै साहसिक क्रियाकलापका विभिन्न उपकरणहरू जडान गरिनेछ। थपिने प्रमुख संरचनाहरूमा निम्न रहेका छन्: बन्जी जम्प — ६० मिटर, रिभर्स बन्जी — ४० मिटर, , फल जम्प — ६० मिटर, , स्विङ — १० मिटर, जिपलाइन — २०० मिटर हुन् । साथै एज वाक, स्काई क्लाइम्बिङ, स्काई साइक्लिङ, स्काई चेयरस्काई बार पनि सञ्चालनमा ल्याइनेछ।

हाल स्काई वाक टावरको ७५ मिटर उचाइको संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। अहिलेसम्मको निर्माणमा ८२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। नयाँ संरचना थप गर्न ७ करोड रुपैयाँ अतिरिक्त लगानी लाग्ने अनुमान गरिएको छ। परम्परागत रूपमा नेपालमा साहसिक पर्यटन ग्रामीण वा हिमाली क्षेत्रमै केन्द्रित रहँदै आएको अवस्थामा, काठमाडौं सहरमै स्काई वाक टावर जस्ता गतिविधि उपलब्ध हुनु रोमाञ्चक अनुभवका खोजीमा रहेका युवा र पर्यटकहरूका लागि आकर्षक विकल्प हुने अपेक्षा गरिएको छ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।