२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

उमा कुङफु खेलाडी सरिना घले युकेमा सम्मानित, विश्व च्याम्पियनसिपमा सहभागिताको तयारी

४ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपालको गौरव बढाएकी उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकेले सम्मान गरेको छ। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार सरिनालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेको योगदानस्वरूप सम्मान गरिएको हो। ब्रिटेनमा आयोजित डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपडब्लुएमएसी इङलिस च्याम्पियनसिपमा सरिनाले स्वर्ण पदक जितेकी हुन्।

सम्मान कार्यक्रम एनुएल समर गेट टुगेदर को अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले सरिनालाई प्रशंसा पत्रसहित सम्मान गरेका थिए। अघिल्ला सफलताका आधारमा सरिनालाई तमु धि समाज युकेमगर एसोसिएसन युकेले पनि सम्मान गरिसकेका छन्। तेस्रो डान (Third Dan) प्राप्त गरिसकेकी सरिना हाल युकेमै मास्टर्स अध्ययन गरिरहेकी छन्। उनी आउँदो सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारीमा छन्। नेपाल उमा कुङफु संघले सरिनाको यो यात्रा र उपलब्धिलाई देशको लागि गौरवको विषय भन्दै शुभकामना दिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।