२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

एमालेको केन्द्रीय बैठकमा ‘कोषाध्यक्ष’ पद थप्ने प्रस्ताव उठ्यो

काठमाडौं, साउन ५ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको संरचना पुनःसंरचना गर्ने क्रममा ‘कोषाध्यक्ष’ पद थप्ने प्रस्ताव उठेको छ। पार्टीको विधान संशोधनका लागि जारी छलफलका क्रममा यस्तो माग औपचारिकरूपमा केन्द्रीय सदस्यद्वारा प्रस्तुत गरिएको हो। पार्टीले हाल पदाधिकारीहरूको संख्या घटाएर १५ राख्ने प्रस्ताव अघि बढाइरहेको बेलामा केही नेताहरूले उल्टो धारणा राख्दै जिम्मेवारी थप स्पष्ट र प्रभावकारी बनाउन ‘कोषाध्यक्ष’जस्तो आर्थिक पारदर्शिता सुनिश्चित गर्ने पद पनि राखिनु जरुरी रहेको तर्क अघि सारेका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार, केन्द्रीय सदस्य सरोज यादवले सो प्रस्ताव राखेका हुन्। उनले पार्टीको वित्तीय पारदर्शिता र उत्तरदायित्वलाई संस्थागत बनाउन कोषाध्यक्ष पद आवश्यक भएको बताए। यादवसँगै अर्का केन्द्रीय सदस्य अरबिन्द सिंहले भने वर्तमान प्रस्तावित १५ पदाधिकारी संख्यालाई पुनर्विचार गर्दै २१ जना पुर्याउनुपर्ने धारणा राखेका छन्। सोमबारदेखि सुरु भएको बैठकमा अहिले नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। सुरुवातमा गण्डकी प्रदेशका प्रतिनिधिहरूले धारणा राखेका थिए। गण्डकीबाट प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रीय सदस्यहरू राजीव पहारी, इन्द्रलाल सापकोटा, पदम गिरी, सूर्य पाठक, रामशरण बस्नेतलगायतले अध्यक्ष केपी शर्मा ओलीप्रति समर्थन जनाएका छन्।

त्यसपछि मधेश प्रदेशका सांसदहरूले पनि धारणा राखेका छन्। रञ्जना सरकार, गंगा यादव, सरोज यादव, प्रभु हजरा पासवान, प्रतीक्षा तिवारी, हरि उप्रेती, हरिनारायण महतो, दिवाकर देवकोटा, कुन्दन कुशवाहा र रामपृत रामलगायत नेताहरूले विभिन्न धारणा व्यक्त गरेका छन्। हाल उपत्यका विशेष प्रदेश कमिटीका सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको बैठक स्रोतले जनाएको छ। एमालेको यो बैठक पार्टीको भावी संरचना, नीति तथा रणनीति निर्धारणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। विधान संशोधनसँगै नेतृत्व तहमा व्यापक फेरबदलको संकेत देखिन थालेको विश्लेषकहरूको बुझाइ छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।