२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

जनकपुरधाममा १८ करोड ५३ लाखको लागतमा सीतापुष्प वाटिका निर्माण सम्पन्न

जनकपुरधाम, साउन ७ – जनकपुरधाम उपमहानगरपालिका–१३ मा आकर्षक धार्मिक तथा सांस्कृतिक संरचनाको रूपमा सीतापुष्प वाटिका (मणिमण्डप) निर्माण सम्पन्न भएको छ। बुधबार आयोजित विशेष समारोहबीच उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मणिमण्डपको औपचारिक उद्घाटन गरेका हुन्। ‘एक सहर, एक पहिचान’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो परियोजना करबाहेक १८ करोड ५३ लाख २१ हजार ७८० रुपैयाँको लागतमा सम्पन्न भएको हो। मणिमण्डप निर्माणका लागि २०७५ साल मंसिर २४ गते सम्झौता भएको थियो। एकपटक निर्माण अवधि थपेर करिब सात वर्षपछि यसको निर्माण कार्य सम्पन्न भएको हो।

भौतिक प्रगति ९९ प्रतिशतवित्तीय प्रगति ९७.९७ प्रतिशत रहेको मणिमण्डपलाई विशेषगरी वैवाहिक गन्तव्यस्थलका रूपमा आकर्षक बनाइएको छ। यस वाटिकाभित्र समेटिएको संरचना निम्नानुसार छन्: प्यालेस भवनमा ७० जनासम्म अटाउने हल, अट्याच बाथरुमसहित १६ कोठा, १ डाइनिङ हल, १ भान्सा कोठा, संग्रहालय कार्यालय, टिकट काउन्टर र २ वटा गोदाम छन्। २ वटा धर्मशालाहरूमा १३ वटा डोर्मिटोरी कोठा, डाइनिङ हल, भान्सा कोठा र विवाहमण्डप छन्। २ वटा पभेलियन१० वटा पसल कोठाहरूसमेत यस परियोजनामा समावेश गरिएका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यो आयोजनालाई जनकपुरको ऐतिहासिक र सांस्कृतिक महत्वसँग जोडिएको महत्वपूर्ण संरचना भएको बताए। उनले सरकार तीनै तहबीच समन्वय गरी मधेश प्रदेशमा यस्ता थप महत्त्वपूर्ण आयोजनाहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। “इतिहास बोकेको जनकपुरधामजस्ता स्थलहरूलाई अझ प्रचारप्रसार गर्न जरुरी छ,” उनले भने, “यस्ता संरचनामार्फत पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्नेछ।”

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।