२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

चीनमा बाढीले फसेका २०३ नेपाली नागरिक सुरक्षितरूपमा स्वदेश फर्किए

७ साउन २०८२, काठमाडौं – रसुवामा गएको भीषण बाढीका कारण चीनतर्फ फसेका २०३ जना नेपाली नागरिक करिब दुई सातापछि बुधबार स्वदेश फर्किएका छन्। ती सबै नेपाली नागरिक चीनको केरूङ नाका हुँदै तातोपानी नाकाबाट नेपाल प्रवेश गरेका हुन्। असार २४ गते रसुवा जिल्लामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको थियो। सो पुल बग्दा त्यसबेला विभिन्न काम तथा व्यापारका सिलसिलामा चीनतर्फ गएका २०३ जना नेपालीहरू फर्कन नसकेर त्यहाँ फसेका थिए। उनीहरू मध्ये अधिकांश चीनको केरूङ क्षेत्रमा अलपत्र परेका थिए।

पुल बगेर आवतजावत बन्द भएपछि फसेका नेपालीहरूलाई चिनियाँ सुरक्षाकर्मी तथा प्रशासनले तत्काल अस्थायी आश्रय तथा खानपानको व्यवस्था गर्‍यो। चिनियाँ अधिकारीहरूद्वारा उनीहरूको सुरक्षाको जिम्मेवारी पनि सुनिश्चित गरिएको थियो। चिनियाँ पक्षले नेपाल सरकारसँग नियमित समन्वय गर्दै उद्धारको पहललाई अगाडि बढाएको थियो।

दुई देशबीचको समन्वयपछि फसेका ती नागरिकहरूलाई बुधबार केरूङ नाकाबाट तातोपानी नाका हुँदै नेपाल फर्काइएको हो। नेपाल फर्किएका सबै व्यक्तिहरूलाई सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रक्रिया पूरा गर्दै नागरिकहरूको स्वास्थ्य जाँच र परिचय विवरण संकलन गरेको जनाएको छ। तातोपानी नाकाबाट फर्किएका ती २०३ जनालाई काठमाडौंसम्म सुरक्षितरूपमा पुर्‍याउने व्यवस्था स्थानीय प्रशासनले मिलाएको छ। यो उद्धार प्रक्रिया नेपाल र चीनबीचको समन्वय, आपसी सहयोग र मानवीय सहकार्यको एक सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।