२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

सर्लाहीमा १ करोड ५८ लाखको भन्सार छलीका कपडा बरामद

जनकपुरधाम, साउन ९ — सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२, राइटरखोपस्थित एक पशुपालन फर्मबाट भन्सार छली गरी लुकाइ राखिएको १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल र भन्सार कार्यालय मलंगवाको संयुक्त टोलीले तुलसी पशुपालन फर्ममा विशेष सुराकीका आधारमा छापा मारेको थियो। छापामारीका क्रममा ३१ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पशुपालन फर्मको आवरणमा ठूलो मात्रामा अवैध सामान भित्र्याइने गरिएको थियो। बरामद सामग्री सबै विदेशी मुलुकबाट ल्याइएको कपडा भएको अनुमान गरिएको छ। सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख नायब महानिरीक्षक कृष्ण ढकालले बरामद सामग्री भन्सार कार्यालय मलंगवामा दाखिला गरिएको जानकारी दिए। उनका अनुसार अब घटनासम्बन्धी थप अनुसन्धान भन्सार विभाग र प्रहरीको समन्वयमा अगाडि बढाइनेछ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।