२०८३ आश्विन २ शुक्रबार
Search
२०८३ आश्विन २ शुक्रबार

चार नेपाली खेलाडी विश्व एक्वेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन ९ – सिंगापुरमा जारी विश्व एक्वेटिक्स च्याम्पियनसिप–२०२५ मा नेपालबाट चार जना पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताका लागि तयार गरिएको ६ सदस्यीय नेपाली टोली शुक्रबार राति ११ बजे सिंगापुर प्रस्थान गर्नेछ। नेपालका तर्फबाट दुई पुरुष र दुई महिला गरी चार जना खेलाडीले सहभागीता जनाउने छन्। सबै खेलाडीले समान दुई–दुई स्पर्धामा प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भएको छ। इर्भिन श्रेष्ठ: १०० र २०० मिटर फ्रिस्टाइल, अजलकाजी श्रेष्ठ: ५० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाई । डुवाना लामा (ओलम्पियन): २०० मिटर फ्रिस्टाइल र १०० मिटर ब्रेस्टस्ट्रोक, आर्या महर्जन: ५० र १०० मिटर फ्रिस्टाइल । टोलीको व्यवस्थापन नेपाल पौडी संघका सदस्य विकास शर्माले सम्हाल्ने छन् भने प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक शंकर कार्कीले लिने छन्।

नेपालको खेल तालिका यसप्रकार छ: जुलाई २७: अजलकाजी – ५० मिटर बटरफ्लाई, जुलाई २८: डुवाना – १०० मिटर ब्रेस्टस्ट्रोक, इर्भिन – २०० मिटर फ्रिस्टाइल, जुलाई २९: डुवाना – २०० मिटर फ्रिस्टाइल, जुलाई ३०: इर्भिन – १०० मिटर फ्रिस्टाइल, जुलाई ३१: आर्या – १०० मिटर फ्रिस्टाइल, अगस्ट १: अजलकाजी – ५० मिटर फ्रिस्टाइल, अगस्ट २: आर्या – ५० मिटर फ्रिस्टाइल, टोली अगस्ट ४ मा नेपाल फर्किने कार्यक्रम छ।

बिदाइ कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको थियो। राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतका व्यक्तित्वहरू सहभागी थिए। बिदाइ समारोहमा सदस्य–सचिव घिसिङले खेलाडीहरूलाई मनोबल उच्च राखी प्रतिस्पर्धा गर्न सुझाव दिए। अध्यक्ष श्रेष्ठले कम्तीमा दुई राष्ट्रिय कीर्तिमानको अपेक्षा गरिएको बताए भने प्रशिक्षक कार्कीले प्रतियोगिता आगामी एसियाली खेलकुदको तयारीमा पनि सहयोगी हुने विश्वास व्यक्त गरे।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।