२०८३ बैशाख ८ मंगलवार
Search
२०८३ बैशाख ८ मंगलवार

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली टोलीको बिदाइ

काठमाडौं, साउन १० – मलेसियामा हुने १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन लागेका नेपाली टोलीलाई शनिबार बिदाइ गरिएको छ। काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा ठमेलमा आयोजित एक कार्यक्रममार्फत पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। टोली आगामी साउन १३ गते मलेसियाको कुचिङतर्फ प्रस्थान गर्नेछ भने प्रतियोगितामा सहभागी खेलाडीहरूले साउन १६ गते विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलीमा रहेका पाँचै खेलाडीले के–४४ श्रेणी अन्तर्गत प्रतिस्पर्धा गर्नेछन्। 

चीनको सांघाईमा अध्ययनरत पलेशा गोबर्धन प्रतियोगितास्थलमा सिधै त्यहाँबाट पुग्नेछिन्। टोलीका प्रशिक्षकमा पारा तेक्वान्दोका अनुभवी प्रशिक्षक कविराज नेगी लामा रहेका छन् भने व्यवस्थापकको जिम्मेवारी रामचन्द्र श्रेष्ठले सम्हाल्नेछन्। प्रशिक्षक लामाले टोलीको वरीयता (ranking) सुधारका लागि प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार, नेपालले सुरु देखिनै प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको छ।

यसअघिका संस्करणहरूमा नेपालले १ रजत र ५ कांस्य पदक जितेको छ। रञ्जना धामीले रजतसहित कांस्य जितेकी हुन्। अन्य कांस्य विजेतामा पलेशा गोबर्धन, अरुण शाक्य, सीता भण्डारी, र रोहितहाङ राई छन्। बिदाइ कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्स अन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी सहभागी थिए।

कार्यक्रममा अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरे। त्यस्तै, लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाललायन्स क्लब अफ काठमाडौं मेरिगोल्डको पहलमा अमेरिकामा बस्दै आएकी पूर्व तेक्वान्दो खेलाडी सुमि परियारले पठाएको ट्रयाकसुट टोलीलाई हस्तान्तरण गरिएको थियो। काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई टिसर्ट प्रदान गरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।