२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

नेपालभर वर्षाको प्रभाव: काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा झरी, मधेशमा अझै पर्याप्त पानी नपरेको चिन्ता

१२ साउन, काठमाडौं – देशका अधिकांश भूभागमा सक्रिय मनसुन प्रणालीका कारण पछिल्ला १२ घण्टामा व्यापक वर्षा भएको छ। बंगालको खाडीबाट आएका जलवाष्पयुक्त वायुले कोशीदेखि सुदूरपश्चिमसम्म नै वर्षा गराएको मौसमविद्‌हरूले जनाएका छन्। यद्यपि, सुदूरपश्चिम र मधेश प्रदेशमा भने अपेक्षाकृत कम मात्रामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार, अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। बंगालको खाडीबाट लगातार भित्रिएको भिजेको वायुले देशभर मौसमलाई सक्रिय बनाइरहेको उनले बताए। उनका अनुसार मधेश प्रदेशका थोरै भूभागहरूमा मात्र हल्का वर्षा मापन भएको छ भने अन्य प्रदेशहरूका धेरैजसो क्षेत्रमा मध्यमदेखि भारी वर्षा परेको छ।

मधेश प्रदेशमा सुक्खा र खडेरीको प्रभाव यथावत् देखिएको छ। पछिल्ला १२ घण्टामा केवल सप्तरीको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको छ। तर सिरहा, सर्लाही, बारा र रौतहट जिल्लामा भने वर्षा निकै न्यून मात्रामा, अर्थात् हल्का झरीका रूपमा मात्र भएको छ। हालको वर्षाले जमिनलाई केही भिजाए पनि धान रोप्न पर्याप्त पानी नपरेको कृषकहरूको गुनासो छ। मौसम विभागले आगामी दिनहरूमा मधेशमा वर्षा बढ्ने संकेत गरे पनि त्यो “मध्यम वर्षा”को स्तरसम्म पुग्ने सम्भावना मात्र रहेको जनाइएको छ। कृषकको आवश्यकतालाई ध्यान दिँदा यो वर्षा अझै अपर्याप्त हुने देखिएको छ। पछिल्ला १२ घण्टाको तथ्याङ्क अनुसार, सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा मापन गरिएको छ, जहाँ १२३.४ मिलिमिटर पानी परेको छ। काठमाडौं उपत्यकामा पनि आइतबार रातिदेखि लगातार झरी परेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।