२०८३ आश्विन १ बिहीबार
Search
२०८३ आश्विन १ बिहीबार

बागमती प्रदेशमा एमाले संसदीय दलको बैठक : राजनीतिक रणनीतिबारे छलफल

१४ साउन, हेटौंडा — बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बुधबार हेटौंडामा बस्ने भएको छ। हालको राजनीतिक अस्थिरता र सत्ता समीकरणमा देखिएको संभावित पुनर्संरचनालाई मध्यनजर गर्दै दलभित्र रणनीतिक छलफल हुन लागेको हो। प्रमुख सचेतक मधुसुदन पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालनको प्रभावकारिता, दलको वर्तमान भूमिकासहित आगामी राजनीतिक रणनीतिमाथि विस्तृत रुपमा छलफल गरिनेछ। 

बैठकको आधिकारिक कार्यसूची सार्वजनिक नगरिएको भए पनि पछिल्ला दिनहरूमा प्रदेश सरकारभित्र देखा परेको अस्थिरता, कांग्रेसको भित्रि विवाद र नेतृत्व परिवर्तनका प्रयासले नयाँ सत्ता समीकरणको सम्भावना जन्माएको छ। एमालेभित्र यस सन्दर्भमा गम्भीर छलफल चल्ने आँकलन गरिएको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामालाई नेपाली कांग्रेसले दलको नेताबाट हटाएपछि सत्ता समीकरण थप जटिल बन्न पुगेको छ। आजै कांग्रेस संसदीय दलमा नयाँ नेता चयनका लागि चुनाव हुँदैछ। नयाँ नेताले मुख्यमन्त्री पदमा दाबी गर्नसक्ने चर्चा राजनीतिक वृत्तमा तीव्र छ। यसै सन्दर्भमा एमालेको बैठकले प्रदेश सरकारभित्र आफ्नो भूमिकाको समिक्षा गर्दै संभावित गठबन्धन परिर्वतनको सन्दर्भमा रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

एमालेका नेताहरूले सत्ता साझेदारीको वर्तमान अवस्थालाई मूल्यांकन गर्दै, दलको स्थायित्व, प्रभावकारिता र जनअपेक्षाअनुसार भूमिका पुनःनिर्धारण गर्ने तयारी गरेका छन्। पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक कलहले सरकारको स्थायित्वमाथि प्रश्न उठाएको छ। यस्तो पृष्ठभूमिमा एमालेले भावी सत्ता समीकरणमा आफ्नो हैसियत सुरक्षित राख्न दलभित्र स्पष्ट रणनीति बनाउने तयारी गरेको देखिन्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।