२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

कमरेड भीम प्रकाश सीकी आमाको असामयिक निधन, समाजवादी मगर मोर्चाद्वारा शोक व्यक्त

दाङ, साउन १५ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा समाजवादी मगर मुक्ति मोर्चा नेपाल पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज कमरेड भीम प्रकाश सीकी आमा मसान्ती पुनमगरको निधन भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण उपचाररत पुनमगरको निधन साउन १४ गते ८१ वर्षको उमेरमा दाङको राप्ती गाउँपालिका-१, भालुबाङमा भएको हो।

वि.सं. २००१ साल चैत्र २० गते रोल्पा जिल्लाको थबाङ गाउँपालिका-५, उवा दाङसामा जन्मिएकी पुनमगर केही समयदेखि अस्वस्थ थिइन्। उपचारका क्रममा निधन भएपछि मोर्चा र नेकपाका नेताहरूले शोक व्यक्त गरेका छन्। समाजवादी मगर मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिले आमा मसान्ती पुनमगरको निधनबाट स्तब्ध भएको जनाएको छ। मोर्चाका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य सुदर्शन सीले एक शोक वक्तव्य जारी गर्दै पुनमगरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वक्तव्यको भावमा भनिएको छ, “मसान्ती पुनमगरको निधनले पार्टीले एक निष्ठावान अभिभावक गुमाएको महसुस गरेको छ। हामी गहिरो दुःखमा छौं। शोकाकुल परिवार, विशेष गरी कमरेड भीम प्रकाश सीप्रति गहिरो समवेदना प्रकट गर्दछौं।” वक्तव्यकाे पूर्णपाठ यस्ताे छ –

 

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।