२०८३ आश्विन १ बिहीबार
Search
२०८३ आश्विन १ बिहीबार

दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको ज्यान गयो

साउन १५,  दाङ – दाङको तुलसीपुरमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षीय सविन भण्डारी१७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ। दुवै जना तुलसीपुर–१७ का हुन्। प्रहरीका अनुसार, रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गर्दा तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो, तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे। ट्याक्टर चालक सुरेश चौधरी (२६), धनबहादुर चौधरी (१५)प्रकाश चौधरी (२६) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।