२०८३ आश्विन १ बिहीबार
Search
२०८३ आश्विन १ बिहीबार

चीनको सहयोगमा पाकिस्तानद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

काठमाडौं, साउन १५ – पाकिस्तानले चीनको सहयोगमा आफ्नो नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो उपग्रह चीनको सिचाङ स्याटेलाइट लञ्च सेन्टरबाट अन्तरिक्षमा पठाइएको हो। पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, यो उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउने क्षमता राख्छ। यसबाट पाकिस्तानलाई विभिन्न महत्त्वपूर्ण क्षेत्रमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले उपग्रहले सहर योजना (Urban Planning), सडक तथा भवनको विकास, प्राकृतिक प्रकोपहरूको सामना, कृषि निगरानी र जलवायु परिवर्तनको अध्ययन तथा बुझाइमा मद्दत पुर्‍याउने जनाएको छ। यसको मुख्य उद्देश्य देशको विकासलाई अगाडि बढाउने र जनताको जीवनस्तरमा सुधार ल्याउनु रहेको विज्ञप्तिमा उल्लेख छ। यो अत्याधुनिक उपग्रह पाकिस्तानको अन्तरिक्ष तथा उपरी वायुमण्डल अनुसन्धान आयोग (SUPARCO) ले चीनका दुई प्रमुख कम्पनीहरू सीईटीसी (CETc)माइक्रोस्याट (Microsat) सँगको सहकार्यमा विकास गरेको हो। यो साझेदारीले दुई देशबीचको प्राविधिक तथा वैज्ञानिक सहकार्यलाई थप सुदृढ बनाएको देखिन्छ। यस प्रक्षेपणले पाकिस्तानको प्राविधिक क्षमता अभिवृद्धि गर्दै भू-अवलोकन र वातावरणीय अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।