२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

जम्मु कश्मिरको जोजिलामा हिमपहिरो

 जम्मु-कश्मिर र लद्दाखलाई जोड्ने रणनीतिक महत्त्वको श्रीनगर-लेह राष्ट्रिय राजमार्गमा शुक्रबार दिउँसो भीषण हिमपहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । जोजिला दर्रा नजिकै भएको यस दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, हिमपहिरो शुक्रबार दिउँसो जोजिला दर्राको ‘जिरो प्वाइन्ट’ र ‘मिनीमार्ग’ बीचको खण्डमा गएको हो । अग्लो पहाडी बाटोबाट सवारी साधनहरू गुडिरहेका बेला अचानक माथिबाट ठूलो मात्रामा हिउँको ढिस्को खसेको थियो, जसले गुडिरहेका कैयौँ गाडीहरूलाई आफ्नो चपेटामा पारेको थियो ।
हिउँको मलबेमा पुरिएका गाडीहरूबाट उद्धार टोलीले ७ जनाको शव निकालेको छ भने ५ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेको र हिउँ पन्छाउने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।