२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

‘गैराघरे काँइली’ लाई दर्शकको साथ

मितज्यू’ फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो ‘गैराघरे काँइली’।जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’ को ‘गैराघरे काँइली’ को चर्चा चुलिएको छ।

यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै ११ लाख भ्युज कमाउन सफल भएको छ। गीतले छोटो समयमा नै ११ लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित छन्। निर्माता मगरले आफ्नो फिल्मको यति धेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन्।

यो समाचार तयार पार्दासम्म गीतलाई २४ हजारभन्दा धेरैले लाइक गरेका छन्। साथै १३ सय भन्दा धेरैले कमेन्ट गरेका छन्। जसमा अधिकांशले गीत र कलाकारको प्रशंसामा समय खर्चिएका छन्।

अधिकांशले कलाकारहरूको अभिनयमा तारिफ खर्चिएका छन्। जसमा सौगात मल्लको अर्को रूप देख्न पाइयो भन्दै दर्शक उत्साहित बनेका छन्। 

दर्शकको सकरात्मक कमेन्टले पनि निर्देशक मगर दंग छन्। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ। जसमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउँले पहिरनमा नै नाचेका छन्। जुन गीतमा सौगात र तेरिया नाचेका छन्। दयाहाङ भने उक्त गीतमा कथाअनुसार प्ले गरिएको देख्न सकिन्छ।अनिल बुढा मगरको निर्देशन,जनक घर्ती मगरको लगानी रहेको यस फिल्ममा फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको सम्पादक लोकश बज्राचार्य र छायाकार शिशिर बिशंखे हुन्।

फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री हुन्।फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्ट, साउन्ड डिजाइनर नवीन श्रेष्ठको छ। साथै फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्।आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आउँदाे जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शनमा आउँदैछ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।